close

धनगढीका मेयरकाे आदेशमा नगर प्रहरीले लिएर गएकाे छाेरा अस्पतालमा भेटिएपछि...

रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान आफूलाई नगर प्रहरी बताउने सादा पोशाकका केही युवाले मेयरसँग छलफल गर्न भन्दै लिएर गएका थिए

धनगढीका मेयरकाे आदेशमा नगर प्रहरीले लिएर गएकाे छाेरा अस्पतालमा भेटिएपछि...

रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान आफूलाई नगर प्रहरी बताउने सादा पोशाकका केही युवाले मेयरसँग छलफल गर्न भन्दै लिएर गएका थिए

Trulli
ADVERTISEMENT

धनगढी- छलफलका लागि भन्दै धनगढी उपमहानगरपालिका कार्यालय ल्याइएका एक युवक मंगलबार बिहान गम्भीर अवस्थामा भेटिएका छन् ।

मंगलबार बिहान करीब साढे १० बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानालाई उपमहानगरपालिका कार्यालय परिसरमा विष सेवन गरेको अवस्थामा उद्धार गरेको सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए ।

उनको सेती प्रादेशिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि निर्देशन दिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दका रानाले आफू छलफलका लागि आउन तयार रहेको बताएका थिए ।

रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान आफूलाई नगर प्रहरी बताउने सादा पोशाकका केही युवाले मेयरसँग छलफल गर्न भन्दै लिएर गएका थिए । ‘बिहान ८ बजे उनीहरुले तपाईको छोरालाई हामी लग्दैछौँ भनेका थिए । घरबाट राम्रै पठाएको थिएँ’, उनले भने, ‘अहिले विषादी सेवन गरेर अस्पतालमा पुर्‍याइएको छ ।’

तर नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भूपेन्द्र खड्काले भने रानालाई नियन्त्रयणमा नलिएको दाबी गरे ।