close

जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा कटाैती गरेर भुकम्प पीडितलाई सहयोग

जनप्रतिनिधि र कर्मचारीको सेवासुविधा कटाैती गरेर भुकम्प पीडितलाई सहयोग

Trulli
ADVERTISEMENT

धादिङ– खनियाबास गाउँपालिकाले जाजरकोट भुकम्पमा परेका घाइते एवं पीडितको उपचारको लागि सहयोग उपलब्ध गराउने भएको छ । गाउँपालिकाले पालिकामा कार्यरत जनप्रतिनिधि, कर्मचारी तथा शिक्षहरुको तलबबाट भुकम्प पीडितलाई सहयोग प्रदान गर्न लागेको हो । 

सहयोग रकमका प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको अनुसार खनियाबास गाउँपालिकाका जनप्रतिनिधिहरुको १० दिन बराबरको सेवासुबिधा, अधिकृतस्तर कर्मचारी र मावि शिक्षकको ५ दिन बराबरको पारिश्रमिक र सहायकस्तर तथा श्रेणीविहीन कर्मचारी र अन्य शिक्षकहरुको ३ दिन बराबरको पारिश्रमिक राहत स्वरूप आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ ।