close

भूकम्प पीडितलाई देवघाटको साढे सात लाख

भूकम्प पीडितलाई देवघाटको साढे सात लाख

Trulli
ADVERTISEMENT

तनहुँ- जाजरकोट भूकम्पपीडितलाई  देवघाट गाउँपालिकाबाट सात लाख ४६ हजार सहयोग भएको छ । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ । 

भूकम्पपीडितलाई देवघाट गाउँपालिकाको तर्फबाट पाँच लाख, गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको तर्फबाट एक लाख ३७ हजार १०१ र देवघाट क्षेत्रका स्थानीय बासिन्दा र विभिन्न सङ्घ संस्थाबाट सङ्कलन गरिएको एक लाख नौ हजार ७८० गरी कूल सात लाख ४६ हजार ८८१ कोषमा जम्मा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौरीप्रसाद आचार्यले जानकारी दिए । 

देवघाट गाउँपालिकाको विपद् व्यवस्थापन समितिले गत कात्तिक २० गते भूकम्पपीडितको सहयोगका लागि पाँच लाख सहयोग गर्ने र थप आर्थिक सहयोग सङ्कलनका लागि वडा नं २ का अध्यक्ष मीनबहादुर रानाको अध्यक्षतामा राहत सङ्कलन समिति गठन गर्ने निर्णय गरेको थियो ।