close

आठबिसकोटका पाँच हजार भूकम्प पीडितले पाए पहिलो किस्ता

आठबिसकोटका पाँच हजार भूकम्प पीडितले पाए पहिलो किस्ता

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- जाजरकोट भूकम्पबाट क्षतिग्रस्त रुकुम पश्चिममा साढे १३ हजार लाभग्राहीले अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता प्राप्त गरेका छन् । रुकुम पश्चिमका ६ वटै पालिकाका १३ हजार ३८३ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजारका दरले रकम प्राप्त गरेका हुन् । 

भूकम्पबाट सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको आठबिसकोट नगरपालिकामा ५ हजार ३०० जना लाभग्राहीले पहिलो किस्ताबापतको रकम पाइसकेका छन् । अन्य पालिकाको तुलनामा आठबिसकोट नगरपालिकामा सबै भन्दा बढी र मुसिकोट नगरपालिकामा सबैभन्दा कम ५९ जना लाभग्राहीले पहिलो किस्ता पाएका छन् । त्यस्तै पालिकामा २ हजार ७६५ वटा अस्थायी आवास निर्माण भइसकेका छन भने, ३ हजार ५५५ वटा आवास निर्माण भइरहेको नगरपालिकाले जनाएको छ । 

बुधबारसम्म ४ हजार ७४२ लाभग्राहीलाई पहिलो किस्ता दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए । उनका अनुसार नगरिपालिकाभर ९ हजार ९६२ लाभग्राहीको संख्या एकीन भएको छ ।