close

भूकम्प पीडितलाई राहत बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

भूकम्प पीडितलाई राहत बोकेको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु, ९ जना घाइते

Trulli
ADVERTISEMENT

रुकुम पश्चिम- रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । जिल्लाको आठबिसकोट नगरपालिका -१० च्यारीगाउँ खोलामा ट्याक्टर दर्घटना भएको हो । आठबिसकोट-९ राडीबजारबाट भुकम्प पिडितका लागि अस्थायी आवास निर्माणका लागि जस्ता बोकेर घर्तीगाउँ, मैडाँडातर्फ जाँदै गरेको रा १ द १४ नम्वरको ट्याक्टर दुर्घटना भएको नगरप्रमुख रवि केसीले पालिकाखबरलाई जानकारी दिए ।

बुधबार बेलुका ट्याक्टर दुर्घटनामा परी मृत्यु हुनेहरूमा आठबिसकोट १० नाउलाका ४६ वर्षका लोक बहादुर शाही, उनकी श्रामती ४२ वर्षकि लुकि शाही , ४८ वर्षका धनिराम सार्की, ५२ वर्षका भर्द सार्की र ४७ वर्षका निर्मला सार्की रहेका छन् ।

घर्तीगाउँ र मैडाँडा जोड्ने सडकको मोडमा ट्याक्टर अनियन्त्रित भइ दुर्घटना भएको हो । त्यस्तै उक्त दुर्घटना मा परी नौ जना घाइते भएका छन् । आठबिसकोट -८ का खडग बहादुर पुन र सोहि वडाका दलबहादुर पुन, कुमार घर्ती, रमा गुरुङ, जगबिर सार्की , जयबहादुर घर्ती, मने सार्की , मदन पुन र रमेस सार्की रहेका छन् । घाईतेहरुको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।