close

बालबालिका शिक्षालाई प्राथमिकता दिएका छौं : मुख्यमन्त्री राई

बालबालिका शिक्षालाई प्राथमिकता दिएका छौं : मुख्यमन्त्री राई

Trulli
ADVERTISEMENT

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना संक्रमणको चुनौतीलाई अवसरमा बदल्नुपर्ने बताएका छन् । 

मानव अधिकार मञ्च नेपाल इलामले बाल दिवस अवसरमा आयोजना गरेको प्रदेशस्तरीय भर्चुअल वक्तृत्वकला प्रतियोगिता अवसरमामुख्यमन्त्री राईले चुनौतीलाई अवसरमा बदल्न अर्थतन्त्र र सामाजिक प्रणालीलाई बचाउनुपर्नेमा जोड दिए ।


समाजको नेतृत्व गर्ने बालबालिकाको स्वतन्त्रतापूर्वक अनिवार्य शिक्षाको अधिकार सुनिश्चित हुनुपर्ने बताउँदै मुख्यमन्त्री राईले बालबालिकाको अधिकार र कर्तव्यबारे जानकारी गराउनु वर्तमान पुस्ताको कर्तव्य भएको धारणा राखे ।


समाजलाई सक्षम र योग्य बनाउन बालबालिकामा लगानी गर्न प्रदेश सरकारले अभिभावकत्व गरिरहेको बताउँदै मुख्यमन्त्री राईले भने,‘बालबालिकाको पक्षमा तीन वटै सरकार संवेदनशील छन्  । कोरोना संक्रमणको नाममा शैक्षिक सत्र नगुमोस् भनेर पर्याप्त पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध छ ।’


मुख्यमन्त्री राईले महामारीको प्रभावलाई उपयोग गरेर बालबालिकालगायत सबैले प्रविधिलाई ग्रहण गरी जीवनोपयोगी बनाउन सक्नुपर्ने आवश्यकता औंल्याए ।


प्रदेशभरका सबै बालबालिकाकोसमग्र विकास गर्न प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले जानकारी गराए ।