close

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

गाउँमै पोलिटेक्निक इन्स्टिच्युट सञ्चालन हुने

Trulli
ADVERTISEMENT

गोरखा । 
गोरखा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकाको सौरपानीमा बाली विज्ञानअन्तर्गतको आंगिक क्याम्पस सञ्चालनमा ल्याइने भएको छ ।

गाउँपालिकाको वडा– ४ स्थित सौरपानीमा यसै शैक्षिक सत्रदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) अन्तर्गतको बारपाक पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा ल्याउन लागिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । 

 

तत्कालका लागि सौरपानीमा रहेको हिमालय माध्यमिक विद्यालयमा प्रयोगशाला कक्षा सञ्चालन गर्ने र मूलदेवी आधारभूत विद्यालयमा अन्य कक्षासहितका प्रशासनिक कार्य सञ्चालन गर्ने तयारी भएको उनले बताए । पोलिटेक्निक सञ्चालनका लागि गाउँपालिकाले करिब ८० रोपनी जग्गा खरिद गरिसकेको छ । 

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा हालै बसेकोे सञ्चालक समिति बैठकले इन्स्टिच्युटको शुल्क, विद्यार्थीको संख्या निर्धारण, कुन क्षेत्रबाट कति भर्ना लिने भन्ने निर्णय गरिएको बताइएको छ । 

 

गाउँपालिका अध्यक्ष भट्टका अनुसार तीन वर्षका लागि ९९ हजार शुल्क तोकिएको छ । यो शुल्क अन्य आंगिक क्याम्पस तथा सोही विषयको अध्ययन÷अध्यापन गराउने अन्य इन्स्टिच्युटको तुलनामा न्यून रहेको अध्यक्ष भट्टले दाबी गरे ।

 

गाउँपालिकाले पालिकाभित्रकै विद्यार्थीका लागि भने तोकिएको शुल्कमा पनि ५० प्रतिशत छात्रवृत्ति दिने निर्णय गरेको उनले बताए । कक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको इन्स्टिच्युटका प्रमुख रामचन्द्र देवकोटाको भनाइ छ ।