close

गढवा गाउँपालिकाको थप दुई विद्यालयमा प्राविधिक शिक्षा

गढवा गाउँपालिकाको थप दुई विद्यालयमा प्राविधिक शिक्षा

Trulli
ADVERTISEMENT

दाङ्ग - दाङको गढवा गाउँपालिकाले प्राविधिक शिक्षातर्फ जोड दिएको छ । गाउँपालिकाको स्वीकृतिपछि गढवाका दुई विद्यालयमा यस वर्षदेखि प्राविधिक विषयको पढाइका लागि सिटिइभिटीबाट सम्बन्धन प्राप्त भइसकेको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिए । 

 

वडा नं ५ चैनपुर माध्यमिक विद्यालयमा १८ महिने पशु विज्ञानको पढाइ हुने भएको छ । वडा नं १ को जनता माध्यमिक विद्यालय कालाकाटेमा १८ महिने प्रि डिप्लोमा सिभिल इञ्जिनियरिङ विषयको पढाइ हुने भएको छ । यसअघि गढवाको वडा न ३ सरस्वती माध्यमिक विद्यालयमा २०७० देखि नै कृषि प्राविधिक धारको बाली विज्ञानको पढाइ हुँदै आएको थियो । 

 

वैज्ञानिक र व्यवहारिक शिक्षा आजको आवश्यकता’ भन्ने मर्मलाई आत्मसात गर्दै यस वर्षदेखि जनता माध्यमिक विद्यालय कालाकाटेमा प्रि डिप्लोमा इन सिभिल इञ्जिनियरिङ (१८महिने) विषय पढाउने तयारी भइरहेको प्रअ मुक्तिप्रसाद शर्माले वताए । गाउँपालिकाबाट स्वीकृति लिई सिटिइभिटिबाट सम्बन्धन प्राप्त भइसकेको छ । 


    
सामुदायिक विद्यालयमध्ये देउखुरी क्षेत्रमै पहिलो पशु विज्ञान पढाइ शुरु हुन थालेको विद्यालयका प्रअ विष्णु कुमाल चौधरीले जानकारी दिए । यी सबै विद्यालयले प्राविधिक विषय पढ्न चाहने विद्यार्थीका लागि आवेदन खुला गरेको जानकारी गराएका छन् ।