close

प्रधानाध्यापकलाई पाँच हजार जरिवाना

प्रधानाध्यापकलाई पाँच हजार जरिवाना

Trulli
ADVERTISEMENT

रुकुमपश्चिमको चौरजहारी नगरपालिकाले पहिलोपल्ट परीक्षामार्फत प्रधानाध्यापक छनोट गरेको छ । छनोट भएका प्रधानाध्यापकले तोकिएको काम गर्न नसके ५ हजार रुपैयाँ जरिवानासमेत तिनुपर्ने नियम बनाइएको छ । 

नगरभित्र रहेका ३७ विद्यालयमध्ये ३० विद्यालयमा परीक्षामार्फत प्रधानाध्यापक  छनोट गरी भदौ २६ भित्र नियुक्ति दिइनेछ । 

विद्यालय विकास प्रस्ताव, त्यसको प्रस्तुतीकरण र समूह छलफलका आधारमा प्रधानाध्यापक छनोट गरिएको पाकिला प्रमुख  विशाल शर्माले पालिका खबरलाई जानकारी दिए ।

सबै प्रधानाध्यापकका लागि पाँच वर्षे करार सम्झौता गरिनेछ । सम्झौताअनुसार न्यूनतम काम नगरे हटाउन पनि सकिनेछ ।