close

भीमेश्वरले सार्वजनिक गर्‍यो स्थानीय पाठ्यक्रम

भीमेश्वरले सार्वजनिक गर्‍यो स्थानीय पाठ्यक्रम

Trulli
ADVERTISEMENT

दोलखा - भीमेश्वर नगरपालिकाले स्थानीय पाठ्यक्रम सार्वजनिक गरेको छ । स्थानीय परिवेशको आधारमा बालबालिकालाई शिक्षा दिएर पाठ्यपुस्तकबाहेक बाह्य ज्ञान जानकारी दिने उद्देश्यले पाठ्यक्रम तयार पारिएको हो ।


यही शैक्षिक सत्रदेखि आधारभूत तह कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक तयार पारी नगर क्षेत्रका सबै विद्यालयमा पढाइ हुने भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले बताए  । 


‘भीमेश्वर नगरपालिका धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भए पनि यसबारे बालबालिकालाई जानकारी नहुँदा आप्mनै समाजबाट टाढा रहेको महसुस गरेका छन् । धार्मिक, सांस्कृतिक र प्राकृतिक  विषयमा तयार पारिएको नयाँ पाठ्यक्रम १०० पूर्णांकको हुनेछ’, नगरप्रमुख केसीले भने ।


पाठ्यक्रम सार्वजनिक कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख  कमला बस्नेत, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, नगर शिक्षा समितिका सदस्य शंकरलाल श्रेष्ठ र शिक्षा शाखाका प्रमुख रामचन्द्र पौडेलले पाठ्यक्रमसम्बन्धी धारण राखेका थिए । 


पाठ्यक्रम नगरपालिका क्षेत्रका ६० सामुदायिक र ९ संस्थागत विद्यालयमा पठनपाठन हुने भीमेश्वर नगरको शिक्षा शाखाले जनाएको छ ।