close

मध्यनेपाल नगरले ५० विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउने 

मध्यनेपाल नगरले ५० विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउने 

Trulli
ADVERTISEMENT

लमजुङ– लमजुङको मध्यनेपाल नगरपालिकाले जिल्लामै पहिलो पटक स्थानीय पाठ्यक्रम बनाएको छ । नगरपालिकाले आफ्ना नगरभित्रका सबै विद्यालयमा कक्षा एकको लागि स्थानीय पाठ्यक्रम लागू गर्न पाठ्यक्रम र पुस्तक तयार गरेको हो ।

 

स्थानीय पाठ्यक्रममा स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका विषयलाई जोड दिएर कोर्ष तयार भएको नगरप्रमुख रमेशकुमार पाण्डेले जानकारी दिए । 

 

नगरपालिका शिक्षा शाखा प्रमुख श्रीप्रसाद भट्टराईका अनुसार हाल कक्षा एकको पाठ्यक्रम निर्माण भएको छ । यही शैक्षिकसत्रवाट नयाा पठ्यक्रम अनुसार पठनपाठन गराउने उनको भनाइ छ ।

 

पालिका भित्र ५० विद्यालयमा कोर्ष लागु हुँदैछ । नगरपालिकाले पाठ्यक्रम तयार पार्न प्रधानाध्यापक, अभिभावक, राजनीति सङ्गठनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जनप्रतिनिधिबाट सुझाव लिउको थियो । 

 

कक्षा १ को नयाँ पाठ्यक्रममा विभिन्न शीर्षमा सातवटा विषय समेटिएका छन् । लाई समावेश गरिएको छ । यस वर्ष कक्षा २ र ६ को पाठ्यक्रम पुस्तक निर्माण गरी आगामी शैक्षिक सत्रदेखि शुरु गरिने नगरपालिकाले जनाएको छ ।