close

रुपन्देहीका स्थानीय पालिकाद्वारा पठनपाठन सुरु गर्न निर्देशन

रुपन्देहीका स्थानीय पालिकाद्वारा पठनपाठन सुरु गर्न निर्देशन

Trulli
ADVERTISEMENT

रुपन्देही -  कोरोना महामारीका कारण बन्द रहेका यस क्षेत्रका शिक्षण संस्थाहरूलाई स्वास्थ्य सावधानी अपनाएर खुलाउन स्थानीय पालिकाहरूले सूचना जारी गरेका छन् ।


जिल्लाको रोहिणी गाउँपालिका र तिलोत्तमा नगरपालिकाले शिक्षण गतिविधि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएका हुन् ।


नगर शिक्षा समितिको सोमबारको बैठक तथा शिक्षा मन्त्रालयलको भदौ १९ को  निर्णयअनुसार नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई शिक्षण गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ ।


नगरपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, ०७७ को दफा ३ मा उल्लिखित स्रोत–साधनको पहुँचका आधारमा विद्यार्थीलाई विभिन्न समूहमा वर्गीकरण गरी कक्षा सञ्चालन गर्न पाउने व्यवस्थाअनुसार पठन–पाठन सञ्चालन गर्न निर्देशन दिएको हो ।