close

मेल्लखका विद्यालयमा असोज पहिलो साताबाट पढाइ हुने

मेल्लखका विद्यालयमा असोज पहिलो साताबाट पढाइ हुने

Trulli
ADVERTISEMENT

अछाम - जिल्लाको मेल्लेख गाउँपालिकाले कोरोनाबाट प्रभावित शैक्षिक गतिविधिलाई अगाडि बढाउन असोजको पहिलो साताबाट पढाइ सुरु गर्ने भएको छ । गाउँपालिकालेगरेको सरोकारवालासँगको छलफलपछि विद्यालय सञ्चालन गर्ने मिति तय भएको हो ।


कोरोना महामारीका कारण लामो समयदेखि विद्यालयको पठनपाठन अवरुद्ध हुँदा शैक्षिक सत्रमा असर पुग्ने देखिएकाले पठनपाठन सुरु गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष लोकबहादुर बोहराले जानकारी दिए ।


विद्यार्थी र शिक्षकको स्वास्थ्य सुरक्षालाई विशेष जोडदिएर सबै विद्यालय सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएपछि आउँदो असोज ७ देखि पठनपाठन सुरु गरिन लागेको उनले बताए ।


शैक्षिक क्षेत्रलाई अगाडि बढाउन स्थानीय सरकार तथा सम्बन्धित निकायको नीति निर्देशन तथा सुरक्षा सतर्कतालाई ध्यान दिनुपर्नेमा पूर्वजिविस सभापति कृष्णप्रसाद जैसीको जोड छ । 


छलफल कार्यक्रमको सहजीकरण गर्न मेल्लेख पुगेका जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख लक्ष्मणराज गिरीले शैक्षिक निर्देशिकामा टेकेर पठनपाठनलाई अगाडि बढाउन सबैको सहयोग हुनुपर्ने आवश्यकता औंल्याए । 


छलफल कार्यक्रममा गाउँपालिकामा सञ्चालित विद्यालयका प्रधानाध्यापक तथा शैक्षिक क्षेत्रसँग सम्बन्धित सरोकारवालालगायतसहभागी थिए । 


विद्यार्थी शिकाइ निर्देशिका, ०७७ अनुसार कार्ययोजना तयार गरी विद्यालय सञ्चालन गरिने मेल्लेख गाउँपालिका सामाजिक विकास संयोजक तथा वडा–६ का अध्यक्ष नरपति रावलले बताए ।