close

शिक्षासिकाइको स्तर सुधार्न विश्व बैंकको १ अर्ब २७ करोड अनुदान 

शिक्षासिकाइको स्तर सुधार्न विश्व बैंकको १ अर्ब २७ करोड अनुदान 

Trulli
ADVERTISEMENT

 

विश्व बैंकले नेपालमा सिकाइको स्तर सुधार्न १ अर्ब २७ करोड बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।


अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।


मन्त्रालयका अनुसार सिकाइको स्तर सुधार्न तथा उत्थानशील शिक्षा क्षेत्रको निर्माणका लागि कोभिड–१९ संकटबीच उक्त अनुदान दिइएको हो । कोभिड–१९ संकटबीच आधारभूत शिक्षामा पहुँच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 

‘विद्यालय क्षेत्र विकास कार्यकम’ मा विश्व बैंक समूहअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसनको १ सय ८५ मिलियन डलर कर्जा सहायतासहित एसियाली विकास बैंक, युरोपियन युनियन, फिनल्यान्ड, ग्लोबल पार्टनरसिप फर एजुकेसन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, युएसएआइडी, युनिसेफलगायतका निकायले सहयोग पु-याइरहेका छन् । 

‘जिपिई कोभिड–१९ द्रुत कोष’ अन्तर्गत प्राप्त थप अनुदानले शिक्षा, विज्ञान र प्रविधि मन्त्रालयको कोभिड–१९ आकस्मिक योजनाको कार्यान्वयनमा योगदान पु-याउनेछ ।


कोभिड– १९ को महाव्याधीका कारण विश्वभर नै शिक्षा क्षेत्र सबैभन्दा बढी मारमा परेका क्षेत्रमध्ये एक भएकाले बालबालिकाको सिकाइको नतिजामा असर परेको छ ।