close

हुम्लाका सबै पालिकामा खुले विद्यालय

हुम्लाका सबै पालिकामा खुले विद्यालय

Trulli
ADVERTISEMENT

हुम्ला– हिमाली जिल्ला हुम्लामा लामो समय बन्द सामुदायिक तथा निजी विद्यालय सञ्चालनमा आउन थालेका छन् ।  कोरोना संक्रमण दर कम हुँदै गएपछि हुम्लाका सात वटै पालिका मातहतका विद्यालय खुलेका हुन् ।

 

जिल्ला डिसिसिएमसीको १४ भदौको बसेको बैठकले जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयलाई कोभिड अवस्था हेरी शैक्षिक गतिविधि सञ्चालन गर्न दिने निर्णयअनुसार हुम्लाका स्थानीय तहले विद्यालयमा पठनपाठन अगाडि बढाउन थालेका हुन् ।


नाम्खा गाउँपालिकाले सोमबारबाट पालिकाभित्रका विद्यालय सञ्चालनमा ल्याएको छ ।  कोरोना संक्रमण कम भएको निष्कर्ष निकाल्दै पालिकाकाको शिक्षा समितिे बैठकले पठनपाठन सञ्चालनगर्ने निर्णय गरेअनुसार विद्यालय सञ्चालनमा ल्याइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत धनलाल रोकायाले जानकारी दिए ।
गाउँपालिकाको शिक्षा समितिको १६ भदौको निर्णयअनुसार सोमबारबाट विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको रोकायाले बताए ।


कोरोना संक्रमणले लामो समयदेखि बन्द विद्यालय सञ्चालनको वातावरण तयार भएपछि १७ वटै विद्यालयमा पढाइ सुरु भएको पालिका अध्यक्ष विष्णुबहादुर रोकायाको भनाइ छ ।


यसअघि निर्णय गरेरै विद्यालयलाई पत्राचारसमेत भइसकेका कारण स्वास्थ्य मापदण्ड पूरा गरेर पठनपाठन सुरु भएको हो । विद्यालयले स्वास्थ्य मापदण्ड भने पूर्ण रूपमा अपनाउनुपर्नेछ । नाम्खाका कुल विद्यालयमध्ये लिमीका दुई विद्यालयमा भने यसअघि नियमति पढाइ हुँदै आएको थियो ।


अदानचुली गाउँपालिकाले २२ भदौबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । केही समयअघि कोरोनाको हटस्पटका रूपमा रहेको दक्षिण भेगका चार पालिकाले समेत संक्रमणको अवस्था शून्यमा झरेपछि विद्यालय सञ्चालनमा ल्याउने तयारी थालेका छन् ।


सीमकोट र खार्पुनाथ पालिकाले आउँदो २७ भदौबाट विद्यालय सञ्चालनमा ल्याउने निर्णय यसअघि नै गरिसकेका छन् । जिल्लाका चंखेली, ताँजकोट र सर्केगाड गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउने अहिलेसम्म निर्णय गरिनसकेको बताइएको छ ।