close

४ असोजदेखि खुल्दै तिलोत्तमाका विद्यालय

४ असोजदेखि खुल्दै तिलोत्तमाका विद्यालय

Trulli
ADVERTISEMENT

रूपन्देही– रूपन्देहीको तिलोत्तमा नगरपालिकाभित्रका विद्यालय भौतिक रूपमै सञ्चालनमा आउने भएका छन् । बुधबार बसेको नगरस्तरीय संकट व्यवस्थापन केन्द्रको बैठकले नगरभित्र ४ असोजदेखि कक्षा १ भन्दा माथिका कक्षा भौतिक रूपमै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न अनुमति दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए ।

 

विद्यालयले सम्बन्धित विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक, विद्यार्थीलगायत सरोकारवाला सबैको आचारसंहिता समेटेर कक्षा सञ्चालन गर्ने कार्ययोजना पेस गर्न आग्रह गरेको छ ।


विद्यालय सञ्चालन गर्दा अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने र ५ सय बढी विद्यार्थी संख्या भएका संस्थागत विद्यालयले अनिवार्य एक जना नर्स विद्यालयमा राख्नुपर्ने प्रशासकीय अधिकृत पौडेलले बताए ।


कक्षाकोठाभित्र भौतिक दूरीको व्यवस्था गरी एउटा बेन्चमा २ जना मात्रै राख्नुपर्ने उनले जानकारी दिए । यस्तै, बस सञ्चालन गर्ने विद्यालयले बसभित्र सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने र सिट क्षमताभन्दा बढी विद्यार्थी राख्न नहुने उनको भनाइ छ । अर्को सूचना प्रकाशित नभएसम्म मन्टेश्वरी÷बालविकासका कक्षा भने सञ्चालन गर्न नपाइने नगरपालिकाले जनाएको छ । 

 

यस्तै, देवदह नगरपालिकाले पनि २७ भदौदेखि भौतिक रूपमै पठन–पाठन गराउन नगरभित्रका विद्यालयलाई अनुमति दिएको छ ।