close

मेरिङ्देनले माग्यो हाइड्रोपावर इञ्जिनियरिङ अध्ययन छात्रवृत्ति

मेरिङ्देनले माग्यो हाइड्रोपावर इञ्जिनियरिङ अध्ययन छात्रवृत्ति

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले हाइड्रोपावर इञ्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने पालिकाभरिका २ जनालाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । 

 

३ वर्षे डिप्लोमा इन हाइड्रोपावर इञ्जिनियरिङ विषयमा अध्ययन गर्न चाहने पालिकाभरिका १ छात्र र १ छात्रालाई दिइने छात्रवृत्तिका लागि आवेदन गर्न पालिकाले आह्वान गरेको हो ।

 

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटिई) बाट डिप्लोमा इन हाइड्रोपावर इञ्जिनियरिङ विषयमा सञ्चालन हुने प्रवेश परीक्षामा उत्तीर्ण इच्छुकले १५ दिनभित्र पालिकामा आवेदन दिइसक्नुपर्नेछ ।

 

यो तहको पढाइ फुङ्लिङ नगरपालिका वडा नम्बर ३ स्थित बालसुवोधिनी संस्कृत माध्यमिक विद्यालयमा भइरहेको छ ।

 

आवेदकले आबेदनका साथ एसईई÷एसएलसी पास गरेको विद्यालय तथा सम्बन्धित वडा कार्यालयले गरिब तथा जेहेनदार विद्यार्थी भएको सिफारिस गरेको पत्र पेस गर्न भनेको छ । 

 

यस्तै, पालिकाले आमाबुबा र इच्छुक विद्यार्थीबाट छुट्टाछुट्टै अध्ययन पूरा गर्ने गाउँपालिकासँग गरिएको कवुलियतनामा गर्नुपर्ने सर्त राखेको छ । आवेदकले आवेदनका साथ एसईई÷एसएलसी पास गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, मार्कसिट वा ग्रेडसिट, नेपाली नागगरिकताको प्रमाणपत्रको प्रतिलिपि, वासुसं माविमा आवेदन फारम भरी प्रवेश परीक्षा उतीर्ण भएको प्रमाण, हालै खिचेको ३ प्रति रंगीन पासपोर्ट साइजको फोटो संलग्न हुनुपर्नेछ ।

 

पालिकाले शिक्षण सिकाइ प्रगतिको आधारमा वार्षिक २ किस्तामा ३ वर्षसम्म निरन्तर छात्रवृत्ति दिनेछ ।