close

वीरगञ्ज महानगरमा विद्यालय बन्द

वीरगञ्ज महानगरमा विद्यालय बन्द

Trulli
ADVERTISEMENT

काठमाडौं । गर्मीका कारण वीरगञ्ज महानगरपालिकामा विद्यालय बन्द गरिएको छ । महानगरले यसअघि असार २८ गतेदेखि असार ३१ गते शुक्रबारसम्म पनि गर्मी बिदा दिए पनि अत्यधिक गर्मी बढेका कारण शुक्रबार एक सूचना जारी गरी साउन २० गते सम्मका लागि पुन: विद्यालय बन्द गरिएको जानकारी दिएको छ । 

शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे विदा उल्लेख भए पनि गर्मी घट्नुको सट्टा झन् बढ्दै गएकाले साउन १ देखि २० गतेसम्म विदा दिने निर्णय गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले बताए । 

‘ गर्मी घट्ने छाँटकाँट नभएका कारण सामुदायिक र संस्थागत विद्यालयको सहमतिमा बिदा दिइएको हो । शैक्षिक क्यालेन्डरमा साउन ८ गतेबाट वर्षे बिदा उल्लेख छ । मौसम प्रतिकूलताका कारण एक साता अघि सारेर विदा दिएका हौँ,’ उनले भने । 

वीरगञ्जमा ९० वटा सामुदायिक, १८० वटा जति संस्थागत विद्यालयमा गरी ७८ हजार भन्दा बढी विधार्थी अध्ययनरत छन् ।