close

टुहुरो बालबालिकाको अभिभावक बन्दै खजुरा गाउँपालिका

टुहुरो बालबालिकाको अभिभावक बन्दै खजुरा गाउँपालिका

Trulli
ADVERTISEMENT

बाँके । खजुरा गाउँपालिकाले अभिभावकविहीन बालबालिकाको संरक्षण गर्ने भएको छ । पालिकाले बालबालिका गाँस,बास, कपाससँगै शिक्षादीक्षाको जिम्मेवारी लिने भएको हो । 

पालिकाभित्र रहेका टुहुरो बालबालिकालाई पालिकाले नै संरक्षण गर्ने र पढाउने नीति अघि सारिएको  गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले पालिका खबरलाई बताए । 

‘हामीले बालबालिकाको संरक्षण लागि केही बजेट छुट्याएका छौं, संघ संस्था र व्यक्तिहरूसँग सहकार्य पनि गर्छौ,’ अध्यक्ष विकले भने । 

उक्त कार्यका लागि कार्यविधि बनाएर काम सुरु गरिएको छ । महिला तथा बालबालिका शीर्षकममा २८ लाख १७ हजार ५०० रुपैयाँ छुट्याइएको छ भने वार्षिक नीति तथा कार्यक्रममार्फत शिक्षामा तीन करोड २६ लाख ८३ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । 

उक्त बजेटबाट आवश्यकता अनुसार 'ब्रेकडाउन' गरेर उनीहरूको संरक्षण गरिने गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले पालिका खबरसँग बताइन् । उनका अनुसार यसलाई व्यवस्थित गर्न संस्थागत संरक्षण गर्ने र विद्यालयसँग पनि सहकार्य गरेर जाने उनको भनाइ छ । 

पालिकामा ५० जना जति टुहुरो बालबालिका हुन सक्ने आँकलन गरिएको छ । १८ जना सम्पर्कमा आइसकेको अध्यक्ष विकले जानकारी दिए ।