close

सरसफाईपछि विद्यालयको पठनपाठनमा सुधार

सरसफाईपछि विद्यालयको पठनपाठनमा सुधार

Trulli
ADVERTISEMENT

काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका– ९ स्थित बिपी आधारभूत विद्यालयको भौतिक अवस्था सुधार भएपछि पठनपाठनमा पनि सुधार भएको छ । 

बिपी कोइरालाको नामबाट २०५३ सालमा स्थापना भएको सो विद्यालयको भवन जीर्ण बनेको थियो ।प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले  पटक-पटक अनुगमन एवं निरीक्षण गर्नाका साथै विद्यालयको भौतिक सुधारमा सक्रिय रुपमा लागेका थिए । 

 नर्सरीदेखि कक्षा पाँचसम्म पठनपाठन हुने सो विद्यालयमा अहिले १५९ विद्यार्थी र पाँच शिक्षक कार्यरत रहेको प्राधानाध्यापक सञ्जीवकुमार राजवंशीले जानकारी दिए । 

राजनीतिक नेताको नाममा स्थापना भएको यो विद्यालयमा नेपाली कांग्रेसकी महिला नेत्री नोना कोइराला हुञ्जेलसम्म विद्यालयको अवस्था राम्रै थियो । केही दरबन्दी र राहत कोटाबाट सञ्चालनमा आएको सो विद्यालयको भौतिक सुधारमा सुनवर्षी नगरपालिकाले  चार लाख र जिल्ला समन्वय समितिले सात लाख ५० हजार सहयोग गरेका कारण सुधार आएको शिक्षक उमानन्द ठाकुरले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी दाहालले रङ्गेली विराटनगर हुलाकी राजमार्गसँग जोडिएको यो विद्यालयमा एक दिन अनुगमन गर्ने क्रममा प्रवेश गरेको र विद्यालयको अवस्था हेर्दा मन खिन्न भएकाले सोही दिनदेखि भौतिक सुधारमा ध्यान दिएर लागेको बताए ।