close

परीक्षास्थलमै ट्राफिक सचेतना

परीक्षास्थलमै ट्राफिक सचेतना

Trulli
ADVERTISEMENT

काठमाडौं । जिल्ला ट्राफिक कार्यालयल बागलुङले ट्राफिक सचेतना कार्यक्रमलाई प्रभावकारी बनाउँदै लगेको छ ।

दुर्घटना नियन्त्रणका लागि सो कार्यालयले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षास्थलमै ट्राफिक सचेतना कार्यक्रम गरिरहेको छ ।

जिल्लाका दूरदराजका विद्यालय तथा सडकमै ट्राफिक सचेतना गर्दै आएको ट्राफिक प्रहरीले अहिले परीक्षास्थलमै ट्राफिक सचेतना प्रदान गर्दा निकै सहज तथा प्रभावकारी भएको जनाएको छ ।

साविक धवलागिरिको पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङ जिल्लाका सवारीसाधनको अभिलेख, व्यवस्थापन तथा दुई पाङ्ग्रे सवारीचालक अनुमतिपत्र प्रदान गर्दै आएको धवलागिरि यातयात व्यवस्था कार्यालय बागलुङसँगको सहकार्यमा कार्यालयले लिने सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षास्थलमै पुगेर परीक्षार्थीहरूलाई ट्राफिक सचेतना प्रदान गर्दै आइरहेको जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजकुमार केसीले जानकारी दिए । 

मोटरसाइकलधनी सवारीचालक अनुमतिपत्रका लागि परीक्षा दिन आउने धवलागिरि यातयात व्यवस्था कार्यालय र ट्रायल दिने बागलुङ नगरपालिका–१ रामरेखास्थित माझी बस्तीमै पुगेर लाइसेन्स नभई सवारी चलाउँदाको कानुनी समस्या, जरिवाना तथा दुर्घटनाको समयमा हुनसक्ने क्षतिका विषयमा जानकारी गराइँदै आइएको छ ।

प्रशिक्षार्थीलाई लिखित तथा प्रयोगात्मक परीक्षामा ध्यान दिनुपर्ने कुरा, ट्राफिक नियम, सवारी दुर्घटनाका कारण, ट्राफिक चिह्न, सडक रेखा, सडक प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षित तरिकालगायत सवारी नियम कानुनसम्बन्धी ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै आएको छ । 

ट्राफिक प्रमुख केसीका अनुसार ट्राफिक कारबाही र राजस्व सङ्कलनमात्रै नभएर गत आवमा सात सय ५७ पटक ट्राफिक सेचतना गर्दा २३ हजार आठ सय ५२ जनालाई ट्राफिक नियमसम्बन्धी सेचतना दिइएको छ ।

गत तीन वर्षको तुलनामा विसं २०७६/७७ मा पाँच हजार ७२ जनालाई ट्राफिक सचेतना गरेको कार्यालयले २०७७/७८ मा ११ हजार आठ सय सात जनालाई सेचतना गरिएको छ ।

सचेतनाको कार्यक्रम बर्सेनि वृद्धि हुँदा जिल्लामा ट्राफिक नियम उल्लङ्घनका घटनामा क्रमशः कमी आउन थालेको छ ।