close

बालबालिकालाई कापीकलम र उच्च शिक्षा पढ्नेलाई साइकल

बालबालिकालाई कापीकलम र उच्च शिक्षा पढ्नेलाई साइकल

Trulli
ADVERTISEMENT

कपिलबस्तु । शुद्धोधन गाउँपालिकाले विद्यालय शिक्षा सुधारका लागि कक्षा ५ सम्मका बालबालिकालाई कापी, कलम, सिसाकलम र ज्यामिति बक्सलगायत वितरण गर्ने योजना ल्याएको छ । 

गाउँपालिकामा गरिबि र लैंगिक विभेदका कारण विद्यालय जानेको संख्या राम्रो नभएको भन्दै सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन यस्तो कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले पालिकाखबरलाई बताए । 

उनले भने,'शैक्षिक सुधार मेरो प्राथमिकतामा छ । यहाँ सबै विद्यालय जाने अवस्था छैन । त्यसैले कक्षा ५ सम्मका सबै बालबालिकालाई कापी र कलामलगायतका  शैक्षिक सामग्री किन्ने नीति छ ।'

सबै बालबालिकाले शिक्षा पाउन तथा विद्यायसम्म ल्याएर शिक्षा दिनको लागि यस्तो योजना बनाएको उनको भनाइ छ । 

गाउँपालिकामा बालविवाह र लैगिंक विभेदको समस्या भएको भन्दै बीचैमा स्कुल छोड्ने चलन रहेकाले त्यसलाई रोक्न उच्च शिक्षा पढ्नेलाई साइकल वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।