close

सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला

सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला

Trulli
ADVERTISEMENT

बाँकेको जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला सुरु गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयको आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको थियो । 

जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरीय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताए। उनले गुणस्तरीय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्चाइने उल्लेख गरे। 

जानकी गाउँपालिका शिक्षा शाखाकी अधिकृत कृष्ण भण्डारीले गुणस्तरीय शिक्षाको विकासका लागि मेला आयोजना भएको जानकारी दिए । उनले विद्यार्थीको पठनपाठन सीप क्षमतालाई वृद्धि गर्न नियमित कार्यक्रमको रुपमा सञ्चालन भएको बताए। 

शिक्षक रामधिरज यादवले विद्यालयमा बालबालिका नियमित नभएका कारण र अभिभावकले आफ्ना बच्चालाई विद्यालयमा नियमित पठापाठन गर्नुपर्छ भन्ने चेतनाको विकास नभएकाले विद्यार्थी कमजोर भएको बताउँछन् । 
शिक्षक मुगा लम्सालले अभिभावकको ‘गाइडलाइन’को अभावले पनि बालबालिकाले कमजोर प्रदर्शन गरेको र शिक्षामा उनीहरुलाई सक्षम बनाउन अभिावक नै चनाखो हुनुपर्ने उनको भनाई छ। 

आधारभूत तह कक्षा १ देखि ३ सम्मको पढाइ मेलामा गाउँपालिकाका ३० विद्यालयका करिब तीन सय विद्यार्थी सहभागी थिए । मेलामा विद्यार्थीको सीप र क्षमताको अवस्थाबारे बुझ्न पुस्तकमा उल्लेख गरिएको विषयवस्तु अध्ययन गर्न लगाइएको थियो ।