close

सिकाइ सीप क्षमतावृद्धि गर्न जानकीमा पढाइ मेला

सिकाइ सीप क्षमतावृद्धि गर्न जानकीमा पढाइ मेला

Trulli
ADVERTISEMENT

बाँके । जानकी गाउँपालिकामा विद्यार्थीको सिकाइ सीप क्षमता वृद्धि गर्न पढाइ मेला गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको सो कार्यक्रममा सामुदायिक विद्यालयका आधारभूत तहका विद्यार्थीको पढाइ सीप परीक्षण गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष छब्बन खाँले गुणस्तरिय शिक्षाको विकासका लागि पढाइ मेला फलदायी हुने विश्वास व्यक्त गर्दै बालबालिकाको पढाइ कस्तो छ भनेर जानकारी लिन खोजिएको बताए । उनले गुणस्तरिय शिक्षाका लागि स्थानीय सरकारले सबै विद्यालयमा अनुगमन गरेर शिक्षामा भएका त्रुटीलाई सच्याइने जनाए । 

शिक्षक रामधिरज यादवले विद्यालयमा बालबालिका नियमित नभएका कारण र अभिभावकले आफ्ना बच्चालाई विद्यालयमा नियमित पठनपाठन गर्नुपर्छ भन्ने चेतनाको विकास नभएकाले विद्यार्थी कमजोर भएको बताए ।