close

शिक्षक र कर्मचारीलाई तीनदिने लेखा तालिम

शिक्षक र कर्मचारीलाई तीनदिने लेखा तालिम

Trulli
ADVERTISEMENT

भक्तपुर । भक्तपुर नगरपालिकाले  सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई लेखा तालिम दिएको छ । नगरपालिकाको आयोजनामा विपद्यालयमा कार्यरत कर्मचारी तथा शिक्षकको लागि तीन दिने तालिम दिएको हो । 

कार्यक्रममा सहभागी भएका व्यक्तिलाई नगरप्रमुख सुनील प्रजापतिले  प्रमाणपत्र वितरण गरेका छन् । 

उनले  आफूसँग भएको ज्ञान र सीप अरुलाई सिकाउनु नै आफ्नो उपलब्धी भएको बताए । तालिमबाट सामुदायिक विद्यालयका लेखा परिक्षणको कार्य गर्न थप सहज हुने विश्वास उनको छ । त्यसको लागि तालिममा सिकेको सीपलाई व्यवहारिक रुपमा लागू गर्न उनले आग्रह गरे ।