close

जीतपुरसिमरा उपमहानगरका विद्यालय तीन दिन बन्द

जीतपुरसिमरा उपमहानगरका विद्यालय तीन दिन बन्द

Trulli
ADVERTISEMENT

बारा ।  जीतपुरसिमरा उपमहानगरपालिका अन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालय तिन दिनका लागि बन्द गरिएको छ । बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोका कारण उपमहानगरपालिकाले विद्यालय बन्द गरेको हो । 

उपमहानगरपालिकाले एक सूचना जारी गर्दै पुष १९ गतेदेखि २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गर्न निर्देशन दिएको हो ।  नगर शिक्षा समिति को निर्णय अनुसार उपमहानगरपालिका भित्रका विद्यालय पुष २२ गतेदेखि सञ्चालनमा आउने उपमहानगरपालिकाको शिक्षा अधिकृत शिवजी प्रसाद कुशवाहाले  जानकारी दिएका छन्।

 केहि दिन देखि बारा जिल्ला लगाएत तराईमा बढेको चिसोको कारण विद्यालय सञ्चालन गर्न समस्या हुँदै आएको छ ।