close

झापाका विद्यालयमा आइतबारदेखि हिउँदे विदा

झापाका विद्यालयमा आइतबारदेखि हिउँदे विदा

Trulli
ADVERTISEMENT

झापा । झापा गाउँपालिकाका सामुदायिक विद्यालय आगामी आइतबारदेखि हिउँदे विदा दिने भएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै चिसो बढेकोले विद्यालय हिउँदे विदा दिन निर्देशन दिएको हो । 

सूचना अनुसार केही दिनयता अत्याधिक चिसो बढेकोले विद्यालयको नियमित कक्षा सञ्चालन गर्न कठिनाई भएकोले पुष २४ गतेदेखि माघ ६ गतेसम्म आन्तरिक कामकाजलाई असर नपार्ने गरी बन्द गर्न अनुरोध गरेको हो । 

विदा सकिएलगतै कक्षा नियमित रुपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।