close

जीतपुर सिमराका विद्यालयमा थप ६ दिन विदा

जीतपुर सिमराका विद्यालयमा थप ६ दिन विदा

Trulli
ADVERTISEMENT

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा विदा थप गरेको छ । उपमहानगर क्षेत्रमा बाक्लो हुस्सुसँगै बढेको अत्याधिक चिसोले गर्दा विदा थप गरेको हो । 

उपमहानगरपालिकाले एक सूचना जारी गदै विदा थप गरेको जनाएको हो ।  सूचना अनुसार उपमहानगर क्षेत्रमा विद्यालयहरु आगामी पुष २९ गतेसम्म बन्द रहने छन् । 

 यसअघि उपमहानगरपालिकाले चिसो बढेकोले विद्यालयको पठनपाठनमा समस्या भएकोले पुष २० देखि २२ गतेसम्म बन्द गर्न निर्देशन दिएको जनाइएको छ । तर चिसो कम नभएकाले उपमहानगरपालिकाले पुन सूचना जारी गर्दै ६ दिन विदा थप गरेको हो ।