close

पकाएर दिवा खाजा बाँड्न गाउँपालिकाको निर्देशन

पकाएर दिवा खाजा बाँड्न गाउँपालिकाको निर्देशन

Trulli
ADVERTISEMENT

कपिलबस्तु । यशोधरा गाउँपालिकाले दिवा खाजा पकाएर दिन निर्देशन दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालयमा दिवा खाजा दिन निर्देशन गरिएको हो । 

सूचना अनुसार गाउँ शिक्षा समितिले पुष २५ गते बसेको बैठकले विद्यालयको दिवा खाजालाई दिइने पैसा निरुत्साहित गरेर दिवा खाजा वितरण गर्ने निर्णय गरिएको हो । 

खाजा पकाएर खुवाएको दिनलाई मात्रै आधार मानी पेश भएका आवश्यक कागजातको आधारमा मात्रै रकम भुक्तानी गर्ने जनाइएको छ । सो नभएमा पालिकाले रकम भुक्तानी नगरिने गाउँपालिकाले जनाएको छ ।