close

सिद्ध कुमाखमा जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान

सिद्ध कुमाखमा जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान

Trulli
ADVERTISEMENT

सल्यान। सिद्ध कुमाख गाउँपालिकाले जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान गरेको छ । शैक्षिक वर्ष २०७८ सालको एसईई र कक्षा ८ को वार्षिक परिक्षामा सबैभन्दा बढी जिपिए ल्याउने २/२ जना छात्र/छात्रालाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हाे ।

गाउँपालिकाको पाँचौ राष्ट्रपति रनिङ शिल्ड समापन तथा पुरस्कार वितरण समारोहको अवसरमा विध्यार्थीलाई सम्मान गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

कक्षा ८ मा उत्कृष्ट छात्र/छात्रालाई रु १०/१० हजार र एसईईमा उत्कृष्ठ छात्र/छात्रालाई रु २५/२५ हजार प्रोत्साण स्वरुप प्रदान गरिएको गाउँपालिकाले जनाएको छ। 

कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउने निराजन मा.वि ढोरचौरका नविन गिरी र जनता कालिका आ.वि चिनालीकी गंगा बुढा मगरलाई पुरस्कार प्रदान गरेको गाउँपालिकाले जनाएको छ। 

यस्तै एसईईमा उत्कृष्ट अंक ल्याउनेमा निराजन मा.वि ढोरचौरका देवराज थापा र अस्मिता बोहरालाई गाउँपालिकाले पुरस्कार उपलब्ध गराएको छ ।