close

चाँगुनारायणमा गणितीय सामग्री प्रदर्शनी सम्पन्न

चाँगुनारायणमा गणितीय सामग्री प्रदर्शनी सम्पन्न

Trulli
ADVERTISEMENT

भक्तपुर । चाँगुनारायण नगरपालिकामा गणितीय सामग्री प्रदर्शनी भएको छ । नगरपालिकाको आयोजना तथा आधारभूत शिक्षाको गुणस्तर सुधार परियोजना’ (आइमिन) को प्राविधिक सहयोगमा सो प्रदर्शनी सम्पन्न भएको हो । 

प्रदर्शनीमा नगरपालिकाका वडा नम्बर ९ को ताथलीस्थित देवी माध्यमिक विद्यालय प्रथम भएको छ । वडा नम्बर ८ सुडालको महेन्द्रग्राम माध्यमिक विद्यायय दोस्रो, ताथलीको फैढोका आधारभूत विद्यालय तेस्रो र सुडालको बाल्मिकेश्वोर माध्यमिक विद्यालय चौथोँ भएको नगरपालिकाले जनाएको छ । 

गणित विषयमा विद्यार्थीहरुको सिकाइ क्षमता सुदृढ बनाउनका लागि सो प्रर्दशनी गरिएको पालिकाको शिक्षा शाखा प्रमुख वीर बहादुर खड्काले बताए । उनका अनुसार कक्षा १ देखि कक्षा ३ सम्मको गणित शिक्षणका लागि आवश्यक विभिन्न शैक्षिक तथा सिकाइ सामग्रीको प्रदर्शनीमा चाँगुनारायण नगरपालिका वडा नंं ६ देखि ९ सम्मका विद्यालयहरुको सहभागिता रहेको छ ।