close

विद्यालयको निरिक्षण गर्न हल्दीबारीमा सीसीटीभी क्यामेरा एप्स

विद्यालयको निरिक्षण गर्न हल्दीबारीमा सीसीटीभी क्यामेरा एप्स

Trulli
ADVERTISEMENT

झापा। हल्दिबारी गाउँपालिकाले  सामुदायिक विद्यालयको लागि सीसीटीभी क्यामेरा एप्स लन्च गरेको छ । विद्यालयमा हुने गरेको गतिविधिबारे घरबाटै  निरिक्षण गर्नको लागि गाउँपालिकाले सो एप्स लन्च गरेको हो । 

एक समारोहको आयोजना गरी सो एप्सच लन्च गरेको गाउँपालिकाले जनाएको छ । पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुमा भएको शैक्षिक गतिबिधिहरु सो एप्समार्फत अविभावकहरूले चाहेको समयमा हेर्न सकिने गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताए । 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने तथा विद्यालय र अविभावकहरूलाई अझै नजिक ल्याउने उद्देश्यले एप्स संचालनमा ल्याइएको उनले बताए । 


उनले प्रविधिको उच्चतम प्रयोग गरि सार्वजनिक गरिएको एप्सले विद्यालयको अनुगमन गर्न जान नपर्ने तथा आफ्नो नानीहरूको पढाईलाई घरबाटै नियाल्न सकिने भएकोले यसले सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । 

 सूचना प्रविधि अधिकृत सुशील कडरियाले एप्सको प्रयोगबारे जानकारी गराउँदै अविभावकहरूले आफ्नो नानीहरू अध्ययन गर्ने विद्यालयको गतिविधि एप्स मार्फत हेर्न पहिला  एउटा फारम गाउँपालिका, वडा कार्यालय अथवा सम्बन्धित बिद्यालय मार्फत भरेर एप्स डाउनलोड गर्नुपर्ने तथा भिडियो दुरूपयोग गर्न नपाइने कुराको जानकारी गराए । साथै विद्यालयको प्रवेशद्वार देखि खेलमैदान, कार्यालय लगायत को क्षेत्र हेर्न मिल्ने यो एप्स तयार गर्दा रू २४ लाख ८८ हजार खर्च भएको पनि कडरियाले बताए ।  ।