close

निस्दी गाउँपालिकामा स्नातकोत्तर उत्तिर्ण महिला सम्मानित

निस्दी गाउँपालिकामा स्नातकोत्तर उत्तिर्ण महिला सम्मानित

Trulli
ADVERTISEMENT

पाल्पा। निस्दी गाउँपालिकाले स्नातकोत्तर तह उत्तिर्ण महिलालाई सम्मान गरेको छ । 

पालिकाले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पालिकाभित्रका स्नातकोत्तर तह उत्तिर्ण दश जना महिलालाई सम्मान गरिएको हो । नगद रु पाँच हजार, दोसल्ला र सम्मानपत्रले सम्मान गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए। पाल्पाकै दुर्गम र विकट क्षेत्र मानिने निस्दी गाउँपालिकामा मगर समुदायको बाक्लो बसोबास छ । 

पालिकाभित्रका महिलालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्न र बीचमै कक्षा छाड्ने दर घटाउन स्नातकोत्तर तह उत्तिर्ण महिलालाई सम्मान गरिएको गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन्। 

‘अझैपनि गाउँघरमा महिला शैक्षिक क्षेत्रको माथिल्लो तहसम्म पुग्ने कम छन्, महिला शिक्षित भएमात्रै घरपरिवार, समाज शिक्षित बन्छ, त्यसकारण महिलालाई शिक्षामा हौसला  बढाउन सम्मान कार्यक्रम आयोजना गरेका हौँ’, उनले भने। 

ग्रामीण भेगमा बालविवाह व्याप्त छ । उमेर नपुग्दै विवाह गर्ने, बीचमै कक्षा छाड्ने प्रवृत्तिको अन्त्यका लागि यस्ता प्रोत्साहनमूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।