close

विद्यालय भवन निर्माण अधुरै

विद्यालय भवन निर्माण अधुरै

Trulli
ADVERTISEMENT

दार्चुला। शैल्यशिखर नगरपालिका–७ स्थित हुनैनाथ माध्यमिक  विद्यालय देवथलीको भवन निमार्ण लामो समयदेखि अधुरै रहेको छ । 

शैल्यशिखर नगरपालिकाले २०७७ सालमा विद्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेको थियो । बजेट विनियोजनपछि भवन निर्माण अघि बढाइएको थियो । भवन निर्माण अधुरै रहेको स्थानीय गणेशदत्त जोशीले बताए। नगरपालिकाले विद्यालय भवन निर्माणका लागी रु छ लाख ५० हजार विनियोजन गरेको थियो । बजेट अभावका कारण भवन निर्माण अधुरै रहेको प्रधानाध्यापक नवराज जोशीले बताए।

‘बजेट अभाव भयो, बाँकी काम अघि बढ्न सकेन’, उनले भने। विद्यालय व्यवस्थापन समितिमार्फत भवन निर्माण गर्ने सम्झौता भएको थियो । भवन निर्माण गर्न नगरपालिकाले थप बजेटको व्यवस्था नगरेपछि बाँकी काम अधुरै रहेको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष करबिर जोशीले बताए। 

विसं २०४० मा स्थापनमा भएको उक्त विद्यालयमा हाल कक्षा १०  सम्मको पठनपाठन हुँदैआएको छ । हाल यहाँ दुई सय १५ विद्यार्थी अध्ययनरत छन् । भवन निर्माण अधुरै रहेका कारण कोठा अपुग भएपछि हाल एउटै कोठामा दुईवटा कक्षाको पठनपाठन गर्नुपरिरहेको प्रधानाध्यापक जोशीले बताए । स्थानीय तहसँग पटक पटक बजेटका लागि माग गर्दा पनि बजेट उपलब्ध हुननसकेको उनी बताउँछन्।