close

रोशीका छात्रालाई ‘प्रतिरक्षा’ तालिम

रोशीका छात्रालाई ‘प्रतिरक्षा’ तालिम

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक। जिल्ला युवा समिति काभ्रेपलाञ्चोकले विद्यालयका छात्रालाई महिला आत्मरक्षा तालिम दिएको छ ।  बागमती प्रदेश युवा परिषद्को सायोगमा रोशी गाउँपालिका–२ स्थित लक्ष्मी नारायण कृषि प्राविधिक माध्यमिक विद्यालयमा दुई दिने उक्त तालिमको आयोजना गरेको हो। तालिममा तीन विद्यालयका ४० विद्यार्थीले सहभागीता जनाएका थिए । 

तालिममा माध्यमिक विद्यालयस्तरका छात्रालाई सामूहिक झैझगडा तथा पुरुषद्वारा आक्रमण भए शारीरिकरुपमै प्रतिकार गर्ने रक्षात्मक तरिकाबारे प्रशिक्षण दिइएको जनाइएको छ । महिलामाथि हुने हिंसा न्यूनीकरण गर्न तथा महिलामा आत्मबलको विकास गर्ने उद्देश्यले यस्तो तालिमको आयोजना गरिएको समितिका अध्यक्ष प्रकाश थापाले बताए। उनले गाउँपालिकाको अन्य विद्यालयका छात्रालाई यस्तो प्रकृतिको तालिम क्रमशः प्रदान गर्दै जाने बताए। 

वडा नं २ का वडाध्यक्ष हस्तमान लामाले पहिलेको तुलनामा वर्तमान समयमा महिला निकै असुरक्षित हुँदै गरेकाले प्रतिरक्षा तालिमले महिलामा आत्मविश्वास बढ्दै जाने बताए। गाउँपालिकाको वडा नं १, २ र ३ का सामुदायिक विद्यालयका छात्राले तालिममा भाग लिएका थिए । छात्रालाई रुपा थापा र निर्मला राउतले प्रतिरक्षा प्रशिक्षण दिएका हुन्।