close

राय–सुझाव संकलन गर्न प्रधानाध्यापकको भेला

राय–सुझाव संकलन गर्न प्रधानाध्यापकको भेला

Trulli
ADVERTISEMENT

भक्तपुर ।  भक्तपुर नगरपालिकाले संस्थागत विद्यालयका प्रधानाध्यापकहरुलाई भेला गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट तर्जु गर्न राय र सुझाव संकलन गर्नको लागि प्रधानाध्यापकहरुको भेला गरेको हो । 


 भेलामा नगर प्रमुख सुनिल प्रजापतिले बजेटलाई स्थानीय आवश्यकता र मागअनुसार प्रभावकारी बनाउन भक्तपुर नपाले वडागत तह र विभिन्न सरोकारवालाहरुबाट सुझाव संकलन गर्ने कार्य चालु रहेको बताए । उनले छलफलबाट उठेका सुझावलाई प्राथमिकताको आधारमा आगामी बजेटमा समावेश गरिने दावी गरे  ।

 
 कार्यक्रममा सहभागी विभिन्न प्रअ तथा प्रतिनिधिहरुले भक्तपुरको शैक्षिक रुपान्तरणको निम्ति छुट्टै नीति तथा कार्यक्रम आवश्यक भएको, भक्तपुर नपाको विभिन्न गतिविधिहरुमा संस्थागत विद्यालयहरुलाई पनि सहभागी गराउनुपर्ने, नयाँ विद्यार्थी भर्ना गर्दा लब्धांक पत्र अनिवार्य गर्नुपर्ने, अनियमित रुपमा उठाइएका शुल्कबारे अनुगमन गर्नुपर्ने, उत्कृष्ट विद्यार्थी सम्मानको लागि बजेट छुट्याउनुपर्ने,  प्रश्नपत्र निर्माणबारे तालिम, एसईई तयारी परीक्षाको व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरु राखेका थिए।

 कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले संस्थापक विद्यालयले पनि नियमित रुपमा वार्षिक लेखापरीक्षण गराउनुपर्ने भन्दै सामुदायिक र संस्थागत विद्यालयले भक्तपुरको शैक्षिक विकासमा अझ क्रियाशील भएर अगाडि बढ्नुपर्ने धारणा राखे ।