close

परशुरामका सामुदायिक विद्यालयमा राजनीतिक  गतिविधि गर्न बन्देज

परशुरामका सामुदायिक विद्यालयमा राजनीतिक  गतिविधि गर्न बन्देज

Trulli
ADVERTISEMENT

डडेल्धुरा । परशुराम नगरपालिकाका सामुदायिक विद्यालयमा राजनीतिक गतिविधि गर्न पूर्ण रुपमा बन्देज गरेको छ । नगरपालिकाले आगामी आर्थिक वर्ष  २०८०/०८१ देखि लागू हुने गरी राजनीतिक गतिविधि बन्देज गरेको हो । 

आगामी आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेटमा सामुदायिक विद्यालयहरुमा राजनीतिक गतिविधि, बन्द, हड्ताल तथा शैक्षिक गतिविधिमा अवरोध गर्ने खालका क्रियाकलापहरु पूर्ण रुपमा बन्देज लगाउने निर्णय गरिएको परशुराम नगरपालिकाका नगर प्रमुख भरत बडायर जोशीले जनाए।

राजनीतिक दलका भ्रातृसंस्था गठन कार्यलाई पनि निषेध गरिएको छ । नगर प्रमुख जोशीले भने, ‘सार्वजनिक शिक्षालाई राजनीतिक प्रभावमुक्त, स्वच्छ, नियमित, गुणस्तरीय बनाउँदै विद्यालयलाई शान्ति क्षेत्रको अवधारणालाई मूर्तरुप दिइने छ ।’ साथै शिक्षक तथा विद्यालय कर्मचारीहरुले कुनै पनि राजनीतिक दलको सदस्यता लिन नपाइने नीति कडाइका साथ अवलम्बन गरिने नगर प्रमुख जोशीले जनाए ।

राजनीतिक गतिविधिका कारण विद्यालयको शिक्षामा प्रभाव परेको भन्दै यस्ता निर्णय लिनु परेको उनको भनाइ छ । नगरसभाबाट भएका निर्णयहरु कार्यान्वयन गर्न सबै पक्षसँग छलफलसमेत भइसकेको नगरपालिकाले जनाएको छ ।