close

छात्रवृत्तिका लागि करिब ११ सयको आवेदन

छात्रवृत्तिका लागि करिब ११ सयको आवेदन

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकामा  छात्रवृत्तिका लागि एक हजार ८३ जनाले आवेदन दिएका छन् । ८ दिन अवधिमा महानगरमा एक हजार ८३ जनाले आवेदन दिएका हुन् ।

काठमाडौँ महानगरपालिकाले असार २८ गते विहान १० बजेबाट खुला गरेको आवेदनमा साउन ४ गते अपरान्ह ०३ः३० बजेसम्ममा यो संख्या देखिएको हो । यसमा सबैभन्दा धेरै आवेदक विज्ञान विषयका छात्र ५४९ जना र छात्रा २२७ जना छन् । दोस्रोमा व्यवस्थापन विषयका लागि २३९ जना छन् । यसमा छात्रको संख्या १४८ जना र छात्राको संख्या ९१ जना छ । 

प्राविधिक विषयका लागि २४ जना छात्र र १७ जना छात्रा गरी ४१ जना, कानुन विषयका लागि १६ जना छात्रा र ७ जना छात्र गरी २३ जना, मानविकीमा १ जना छात्र र १ जना छात्रा तथा शिक्षामा १ जना छात्र र १ जना छात्राको आवेदन परेको छ ।