close

विद्यालयको १०० मिटर वरपर चुरोट र मदिरा बेच्न नपाइने

विद्यालयको १०० मिटर वरपर चुरोट र मदिरा बेच्न नपाइने

Trulli
ADVERTISEMENT

चितवन- माडी नगरपालिकाले आफ्नो पालिकाभित्रका सबै विद्यालयको १०० मिटर दूरीभित्र चुरोट र मदिराजन्य बस्तु विक्रीमा रोक लगाउने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

गत साउन १६ गते बसेको कार्यपालिकाको बैठकले उनै उक्त निर्णय गरिएको थियो । तर बुधबारदेखि सबै निकाय र सरोकारवालालाई पत्राचार गरी कार्यान्वयनमा ल्याइएको मेयर तारा कुमारी काजी महतोले पालिका खबरलाई बताइन् । 

मेयर महतोका अनुसार यो बीचमा विविध प्रयास र छलफलपछि  प्रशासन, प्रहरी, स्थानीय र नगरपालिका सबैको सहकार्यमा मात्र निर्णय कार्यान्वयन सफल हुने भएकाले बुधबारदेखिमात्र निर्णय कार्यान्वयनमा आएको हो । 

नगरपालिकाले बुधबारनै सरोकारवाला तथा कार्यान्वयनका लागि सबै शिक्षण संस्थाहरूलाई पत्राचार गरेको थियो ।