close

शिक्षाका पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै रुपा

शिक्षाका पुरानै कार्यक्रमलाई निरन्तरता दिँदै रुपा

Trulli
ADVERTISEMENT

कास्की - रुपा गाउँपालिकाले शैक्षिक सुधारको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले शैक्षिक सुधारको दरबन्दी मिलान तथा विद्यालयको मर्ज गर्दै आएको छ । 

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सन्दिप पौडेलले पालिकाभित्रको शैक्षिक सुधारको लागिा योजनाबद्ध रुपमा काम गर्दै आएको बताए । उनले हालसम्म एउटा सामुदायिक विद्यालयलाई मर्ज गरेको पालिकाखबरलाई बताए । 

गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयको नियमित अनुगमन  गर्दै आएको सुनाए । चालू आर्थिक वर्षमा पनि नियमित कार्यलाई निरन्तरता दिएको उनले बताए । तर रातो किताब प्रकासन नभएकाले बजेटबारे एकीन जानकारी नभएको उनको भनाइ छ  । 

उनका अनुसार पालिकाभित्र सञ्चालित २८ वटा सामुदायिक विद्यालयमा २१०० जना विद्यार्थी अध्ययनरत छन् ।