close

कक्षा ११ र १२ पनि नि:शुल्क

कक्षा ११ र १२ पनि नि:शुल्क

Trulli
ADVERTISEMENT

मोरङ– कानेपोखरी गाउँपालिकाले कक्षा ११ र १२ मा निःशुल्क शिक्षा प्रदान गरिरहेको छ । गाउँपालिकाले पालिकाका सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सम्पूर्ण स्थानीय विद्यार्थीलाई निःशुल्क शिक्षा उपलब्ध गराएको हो । 

पालिकाका स्थानीयलाई गाउँपालिकाभित्र नै माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउनले उद्देश्यले कक्षा ११ र १२ मा निःशुल्क अध्यापन गराइएको गाउँपालिकाकी अध्यक्ष राजमती इङ्नामले पालिकाखबरलाई बताइन् । 

गत आर्थिक वर्ष २०७९/०८० देखि गाउँपालिकाले पालिकाभित्रका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गरेको शिक्षा शाखाका प्रमुख वेग बहादुर पोखरेलले बताए ।  पालिमाभित्रका ३ वटा सामुदायिक विद्यालय र एउटा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई गाउँपालिकाले निःशुल्क शिक्षा उपलब्ध गराइरहेको उनले जानकारी दिए । 

यस्तै, गत आर्थिक वर्षबाटै बुहारीहरुलाई पनि शिक्षित बनाउने उदेश्यले ‘सासुको इच्छा, बुहारीको शिक्षा’ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाकी अध्यक्ष इङ्नामले बताइन् । ‘स्नातक पढ्ने बुहारीहरुलाई निःशुल्क पढाउने व्यवस्था मिलाएका छौँ,’ उनले पालिकाखबरसँग भनिन् ।