close

कृष्णपुरलाई चिनाउने 'हाम्रो कृष्णपुर'

कृष्णपुरलाई चिनाउने 'हाम्रो कृष्णपुर'

Trulli
ADVERTISEMENT

कञ्चनपुर - कृष्णपुर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले चालू शैक्षिक सत्र २०८० देखि ‘हाम्रो कृष्णपुर’ नामक स्थानीय पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयनमा ल्याएको हो । 

नगरपालिकाको शिक्षा शाखाकी शिक्षा अधिकृत अनिता ठगुन्नाका अनुसार पालिकाले कक्षा १ देखि ८ सम्मका ६ वटा कक्षाको लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको हो । कक्षा ३ र ७ का स्थानीय पाठ्यपुस्तक बनाउनका बाकी रहेको उनले पालिकाखबरलाई सुनाइन् । तर पाठ्यक्रम निर्माण गरी अध्यापन भइरहेको उनको भनाइ छ । दुई वटा कक्षाको स्थानीय पाठ्यपुस्तक आगामी मंसिर महिनासम्म बनाउने योजना रहेकाे उनले बताए । 

उनका अनुसार स्थानीय पाठ्यपुस्तकमा नगरपालिको परिचय, चिनारी, ऐतिहासिक, धार्मिक, पर्यटकीय गन्तव्यको जानकारी, पालिका सरकार गठन, कामकाज कर्तव्य जानकारीसहितका विविध विषय समेटिएको उनले पठाए । 

स्थानीय पाठ्यपुस्तक लागू भएसँगै नगरपालिकाबारे आगामी पुस्तालाई जानकारी दिन सहज हुने विश्वास उनको छ । साे पाठ्यपुस्तक पालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा लागू हुने उनकाे भनाइ छ ।