close

शिक्षालाई सबैभन्दा कम बजेट, ०.०५ प्रतिशतमात्र

शिक्षालाई सबैभन्दा कम बजेट, ०.०५ प्रतिशतमात्र

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– नमोबुद्ध नगरपालिकाले शिक्षा शाखालाई जम्मा १० लाख रुपैयाँ छुट्याएको छ । पालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को लागि पालिका भित्रका शैक्षिक कार्यक्रमका लागि संघिय सशर्त अनुदानबाहेक दश लाख रुपैयाँ विनियोजन गरेको हो । 

नगरपालिकाले यस नीति तथा कार्यक्रममा विशेष केही कार्यक्रम नल्याएको नगरपालिकाका शिक्षा शाखा प्रमुख बुद्धिराज अर्यालले बताए । उनले भने, ‘बजेट निकाशा नि भएको छैन । शिक्षा शाखामा कार्यक्रम के के छन् पनि हेरेको छैन ।’ सो बजेट सामाजिक विकास र अन्य कुन कुन क्षेत्रमा खर्च हुने भनेर छलफल हुने उनले बताए । 

नगरपालिकामा २५ प्राथमिक विद्यालय, ४ ओटा आधारभूत विद्यालय र ११ वटा माध्यमिक विद्यालय गरी ४० वटा सामुदायिक विद्यालय रहेको शिक्षा शाखाका प्रमुख अर्यालले पालिकाखबरलाई जानकारी दिए । 

आर्थिक वर्ष २०८०/८१ मा नगरपालिकाले ७२ करोड ७५ लाख ६४ हाजार ८२७ रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय सशर्त अनुदान बाहेक पालिकामा १७ करोड ९४ लाख २४ हजार १९७ रुपैयाँ बजेट विनियोजन गरिएको नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा उल्लेख छ ।