close

स्थानीय पाठयपुस्तक निमार्ण गर्दै गाेदावरी

स्थानीय पाठयपुस्तक निमार्ण गर्दै गाेदावरी

Trulli
ADVERTISEMENT

कैलाली – गोदावरी नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा स्थानीय पाठयपुस्तक निमार्ण गर्ने भएको छ । नगरपालिकाले स्थानीय सामाजिक, धार्मिक, आर्थिक तथा स्थानीय पहिचान झल्कने गरी स्थानीय पाठ्यपुस्तक निर्माण गर्न लागेकाे हाे । 

नगरपालिकाले कक्षा एकदेखि आठसम्मकाे पाठ्यपुस्तक निमार्ण गर्न लागेको पालिकाका शिक्षा शाखा अधिकृत प्रयागराज जोशीले बताए । नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याइसकेकाे उनले पालिका खबरलाई बताए ।

नगरपालिकाले शिक्षा क्षेत्रमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीका लागि पनि क्षमता विकासका कार्यक्रम ल्याएको उनकाे भनाइ छ । पालिकाअन्तर्गतको शिक्षा विकासमा शिक्षाको गुणस्तर सुधार्न र शिक्षकलाई तालिम, विद्यालय अनुगमन सञ्चालन गरेर गुणस्तर शिक्षा सुनिश्चित गर्न सकिने जोशीले बताए ।

विभिन्न सरोकारवालासंग समन्वय गरेर शिक्षालाई प्राथमिकतामा राख्न सकिने उनले सुनाए । उनका अनुसार पालिकाभित्रको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षकहरुको तालिमका लागि ५ लाख, विद्यार्थीहरुको खाजा खर्च, अतिरिक्त क्रियाकलापका लागि ४ लाख वजेट विनियोजन गरेको छ।