close

बडीकेदारको शिक्षामा २ करोड २० लाख बजेट : भत्तादेखि परीक्षा सञ्चालनसम्म

बडीकेदारको शिक्षामा २ करोड २० लाख बजेट : भत्तादेखि परीक्षा सञ्चालनसम्म

Trulli
ADVERTISEMENT

डोटी– बडीकेदार गाउँपालिकाले शिक्षामा २ करोड २० लाख बजेट विनियोजन गरेको छ । पालिकाभित्रको शैक्षिक गुणस्तरीयतामा सुधार ल्याउनका लागि सो बजेट विनियोजन गरेको हो ।

गाउँपालिकाले गत आर्थिक वर्षमा २ करोड १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको  शिक्षा शाखा अधिकृत विवेक देउवाले जानकारी दिए । पालिकाले शिक्षाका विभिन्न कार्यक्रममा पनि बजेट छुट्याएको उनले बताए । शैक्षिक गुणस्तर सुधारका कार्यक्रममा २७ लाख ५७ हजार बजेट ल्याएको उनले पालिका खबरलाई बताए ।

उनकाअनुसार गाउँपालिकाले शिक्षा सम्बन्धि पदाधिकारीको लागि बैठक भत्ता, विद्यालयको मासिक बैठक, वडास्तरिय खेलकुद प्रतियोगिता, स्थानीय पाठयक्रम (१ देखि ५सम्मको)को अध्यावधिक, कक्षा ८ को परिक्षा सञ्चालन व्यवस्थापन, माध्यमिक तहको समावेशी शिक्षा कार्यक्रम, क्यालेन्डर, बालक्लब, युवालक्षित कार्यक्रमहरु, खेलमैदान आदि कार्यक्रम रहको उनले बताए । शिक्षाको गुणस्तर खँस्किन नदिन पालिकाले राम्रो काम गरेकोले आफू सन्तुष्ट रहेको उनको दाबी छ ।