close

गुणस्तर सुधारको लागि शिक्षकलाई तालिम दिँदै गाउँपालिका

गुणस्तर सुधारको लागि शिक्षकलाई तालिम दिँदै गाउँपालिका

Trulli
ADVERTISEMENT

स्याङ्जा - विरुवा गाउँपालिकाले शैक्षिक गुणस्तरीयताको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०८०/०८१ मा शिक्षालाई प्राथमिकता राखी शैक्षिक गुणस्तरीयता वृद्धिको कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको शिक्षा शाखाका प्रमुख जीवलाल भुषालका अनुसार पालिकाले चालू आवमा शिक्षाको लागि एक करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटमार्फत शिक्षकको तलब भत्ता, विद्यालयको भौतिक सुधार तथा तालिम सञ्चालन गरिने उनले पालिकाखबरलाई बताए । 

शैक्षिक सुधारको लागि सानो कक्षादेखि नै योजना थालनी गर्ने उनले बताए । शैक्षिक सुधारको लागि बाल विकास तहको व्यवस्थापन गर्ने उनले सुनाए । साथै शिक्षकको लागि अभिवृद्धिमूलक कार्यक्रम सञ्चालन हुने उनको भनाइ छ । 

उनका अनुसार गाउँपालिकाले पालिकाभित्र सञ्चालनमा रहेको सामुदायिक विद्यालयको सुधारको लागि नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको छ । गाउँपालिकामा सञ्चालित ३२ वटा सामुदायिक विद्यालयमा दुई हजार सात सय जना विद्यार्थी अध्ययनरत रहेको उनले बताए ।