close

शैक्षिक सुधारका लागि राजविराजको ३० लाख

शैक्षिक सुधारका लागि राजविराजको ३० लाख

Trulli
ADVERTISEMENT

सप्तरी - राजविराज नगरपालिकाले शैक्षिक गुणस्तरीयता वृद्धिको लागि शिक्षालाई प्राथमिकतामा राखेको छ । नगरपालिकाले शैक्षिकस्तर उकास्नको लागि विभिन्न कार्यक्रमसहित प्राथमिकतामा राखेको हो ।

नगरपालिकाको शिक्षा शाखाका प्रमुख भोगेन्द्रप्रसाद यादवका अनुसार पालिकाले चालू आवमा शिक्षक व्यवस्थापनदेखि तालिमसम्मको लागि बजेट विनियोजन गरेको छ । नगरपालिकाले विद्यालय प्रधानाध्यापकको बैठक, शैक्षिक क्यालेण्डर निर्माण, बाल विकास सहजकर्ताको व्यवस्थापन तथा तालिम, शिक्षा शाखाको व्यवस्थापनको लागि बजेट विनियोजन गरेको उनले पालिकाखबरलाई बताए । 

उनका अनुसार नगरपालिकाले शिक्षाको लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले गत सातामात्रै नगरसभा गरेकोले आफूलाई विस्तृत जानकारी थाहा नभएको उनले बताए । आफू काठमाडौंमा आन्दोलनको लागि आएको उनको भनाइ छ ।