close

बुङ्गलकाे शैक्षिक नीति : ३ करोड ५० लाखमध्ये साढे २ कराेड शिक्षक र कर्मचारीलाई

बुङ्गलकाे शैक्षिक नीति : ३ करोड ५० लाखमध्ये साढे २ कराेड शिक्षक र कर्मचारीलाई

Trulli
ADVERTISEMENT

बझाङ– बुङ्गल नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि वजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रकाे सुधारका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा ३ करोड ५० लाख वजेट विनियोजन गरेको हो ।

नगरपालिकाको  शैक्षिक कार्यक्रमअन्तर्गत शिक्षकलाई तालिम, दरबन्दी मिलान, तलव, पाठ्यपुस्तक निमार्णलगायतका कार्यक्रम रहेका शिक्षा शाखा अधिकृत देवराज जोशीले पालिका खबरलाई बताए । 

करिब १ करोड रुपैयाँ विविध कार्यक्रम, १ करोड रुपैयाँ निजी स्रोतका शिक्षक व्यवस्थापन तथा संघीय शसर्त अनुदानबाट शिक्षकका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको उनले पालिका खबरलाई बताए।