close

असल अभिभावकत्वको तालिम दिँदै गाउँपालिका

असल अभिभावकत्वको तालिम दिँदै गाउँपालिका

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक– चौतरा साँगाचोकगढी नगरपालिकाले अभिभावकत्वको लागि सचेतना तालिम प्रदान गर्ने भएको छ । नगरपालिकाले बालबालिकाको हुर्काइ सही तरिकाले गराउन अभिभावकहरुलाई शिक्षा सचेतना तालिम प्रदान गर्ने भएको हो । 

विद्यार्थीलाई अध्ययनमा सहयोग गर्न सहज बनाउन तथा असल अभिभावकत्वको लागि यस आर्थिक वर्षमा तालिम प्रदान गर्न लागिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्प राज ढकालले बताए । यसका साथै नगरपालिकाले शैक्षिक सुधारको लागि प्रारम्भिक बाल विकास सहजकर्ताको ग्रेडिङ गरिरहेको उनले जानकारी दिए । 

हरेक शिक्षकहरुलाई प्रविधिसँग जोड्न नगरपालिकाले ‘एक शिक्षक एक ल्याप्टप’ कार्यक्रम ल्याएको शिक्षा शाखाका प्रमुख ढकालले बताए । ‘शिक्षकहरुको साँझेदारीमा नगरपालिकाले यस वर्ष ल्यापटप उपलब्ध गराउने योजना छ ।’ कति प्रतिशत नगरपालिकाले अनुदान दिने भनेर अहिलेसम्म निणर्य भने भइ नसकेको उनले पालिकाखबरलाई बताए । 

शैक्षिक सुधारको लागि शिक्षकहरुको लागि क्षमता अभिवृत्तिको तालिमको समेत व्यवस्था गरेको छ । नगर अनुदानका शिक्षकहरुको व्यवस्थापन तथा शिक्षकहरु पर्याप्त नभएका विद्यालयमा स्वयमंसेवक शिक्षकहरुको व्यवस्थापन नगरपालिकाले गरेको उनले बताए । 

चौतारा साँगाचोकगढी नगरपालिकामा वडागत र शाखागत रुपमा शैक्षिक क्षेत्रको लागि चालु आर्थिक वर्ष २०८०/०८१मा बजेट विनियोजन भएको शिक्षा शाखाका प्रमुख ढकालको भनाई छ ।  ‘सबै वडामा २ करोड र शिक्षा शाखामा ४ करोड रुपैयाँ गरेर शैक्षिक क्षेत्रको लागि करिब ६ करोड रकम विनियोजन भएको छ,’ उनले भने ।