close

सरकारले दिएको तलब न्यून भएपछि पालिकाले थप गर्‍यो मासिक ५ हजार

सरकारले दिएको तलब न्यून भएपछि पालिकाले थप गर्‍यो मासिक ५ हजार

Trulli
ADVERTISEMENT

रौतहट- गुजरा नगरपालिकाले बाल विकास केन्द्रका शिक्षकको पारिश्रमिकमा पाँच हजार रुपैयाँ थप गरेको छ । सरकारले दिने पारिश्रमिकभन्दा नगरपालिकाले पाँच हजार थप गरी १५ हजार रुपैयाँ वितरण गर्दै आएको छ । 

नगरपालिकाको शिक्षा शाखाका अधिकृत शिव मंगल साहका अनुसार सरकारले बाल विकास केन्द्रका शिक्षक र विद्यालयका सहयोगी कर्मचारीलाई मासिक १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ । सरकारको न्यूनतम पारिश्रमिकको मापदण्ड अनुरुप ५ हजार रुपैयाँ थप गरेको उनले पालिकाखबरलाई बताए । 

पारिश्रमिक थप गरेसँगै शिक्षक तथा कर्मचारीको मनोबल बढ्नुको साथै शैक्षिक गुणस्तरीयतासमेत वृद्धि भएको उनले सुनाए । उनका अनुसार पारिश्रमिक बढेसँगै केन्द्रमा दुई घण्टा बढी पढाई पनि हुन थालेको छ । 

सो कार्यक्रमको लागि नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ मा ४० लाख रुपैयाँ बजेट विनियाृेजन गरेको उनले सुनाए । उनका अनुसार नगरपालिकामा ३१ वटा बाल विकास केन्द्र र ३५ वटा सामुदायिक विद्यालय सञ्चालनमा रहेका छन् । केन्द्रमा ६७ जना शिक्षक कार्यरत रहेको उनले बताए ।